Logo

उद्योग अधिकृत अख्तियारको नियन्त्रणमा



राँझा, ३१ असार । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई रु ९६ हजार तीन सय घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ । ठेक्काको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौँ तहका अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको आयोगको टोलीले ओलीलाई अपराह्न साढे १२ बजेतिर पक्राउ गरेको हो । घटनास्थलको मुचुल्का गरी आवश्यक अनुसन्धानका लागि अधिकृत ओलीलाई सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेकोे खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्