Logo

१७ हजार बढीमा कोरोना पुष्टिः कुन प्रदेशमा कति संक्रमित ?



काठमाडौं, ३१ असार । नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश एकमा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये ६०४ जनाले कोरोना जितेका छन् भने १७१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २ मा चार हजार तीन सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २४ सय ८१ जनाले कोरोना जितेका छन् भने १९ सय ७ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ४४ जनामा संक्रमण पुष्टि भएको छ। यो प्रदेशमा कोरोनाकै कारण चार जनाको मृत्यु भएको छ।

त्यसैगरी बागमती प्रदेशमा आठ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३४७ जना डिस्चार्ज भएका छन् भने चार सय ६५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आउनेको संख्या सात रहेको छ। यो प्रदेशमा ९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

गण्डकी प्रदेशमा १२ सय ७८ जनामा कोरोना पुष्टि हुँदा सात सय ७१ ले कोरोना जितेका छन्। अहिले ५०२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा चार जनामा कोरोना पुष्टि भएको छ। यहाँ पाँच जनाले कोरोनाकै कारण ज्यान गुमाएका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्