Logo

सिलिचोङ पहिरोमा अझै ११ जना भेटिएनन्



संखुवासभा, ३१ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोमा परी ११ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीमा प्रहरी, सशस्त्र, सेनालगायत स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको र खोजीकार्यमा कठिनाइ भएको बताइएको छ । बेपत्ताहरुको खोजीकार्यमा सदरमुकाम खाँदबारीबाट गएको प्रहरी १५, सशस्त्र प्रहरी १५, नेपाली सेना ३० जना र स्थानीयद्वारा खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो ।

पहिरोमा परी बेपत्ता हुनेमा सिलिचोङ–१ बेसिन्दा गाउँका ६० वर्षीय राममान राई, उनकी श्रीमती ६५ वर्षीया हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जिला राई र ११ वर्षीया नम्रता राई रहेका छन् ।

त्यसै गरी ६५ वर्षीया गोरीमाया राई, उनकी छोरी २२ वर्षीया प्रकृति राई, ५२ वर्षीय जुद्धबहादुर राई ९माने० र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई, ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई र ७० वर्षीया नजमाया राई रहेका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो ।

पहिरोबाट स्थानीयद्वारा उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई गम्भीर घाइते भएका छन् भने उनकी श्रीमती ६० वर्षीया फूलमाया र १४ वर्षीया छोरी भीमसरी राई तथा भीमबहादुर राई सामान्य घाइते भएका छन् । अहिले पनि घटनास्थलमा पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको र बेपत्ताको स्थानीय, प्रहरीले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot