Logo

पहिरोमा अझै ११ जना बेपत्ता



संखुवासभा, असार ३१ । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोमा परी ११ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीमा प्रहरी, सशस्त्र, सेनालगायत स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको र खोजीकार्यमा कठिनाइ भएको बताइएको छ । बेपत्ताहरुको खोजीकार्यमा सदरमुकाम खाँदबारीबाट गएको प्रहरी १५, सशस्त्र प्रहरी १५, नेपाली सेना ३० जना र स्थानीयद्वारा खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot