काठमाडौं, असार ३१। प्रधानमन्त्रीको तहबाट आएका तथ्यहिन अभिव्यक्तिहरुले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै गम्भिर मोडमा पुगेको विज्ञहरुले बताएका छन् ।
लिम्पियाधुरालाई समेत समेटेर नक्सा जारी गर्दा प्रधामन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिले चिसिदै गएको नेपाल भारत सम्बन्ध अब फ्रिजको अवस्थामा पुगेको र यो सरकारकोले अव सुधार्नै नसक्ने उनिहरुको भनाई छ ।
नेपाली कांग्रेसका नेता डा नारायण खड्काले प्रधानमन्त्रीको तहबाट ओलीले धेरै पहिले उठेर लामो समय समय विवाद भएर मिलिसकेको विषयलाई फेरी बल्झाएकाले नेपाल—भारतबिच चिसिदै गएको सम्बन्ध अब पुर्ण रुपमा जमेर फ्रिज भएको बताए ।
पत्रकार ऋषि धमलासँग कुरागर्दै खड्काले प्रधामन्त्रीका भनाइहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव पार्ने भएकाले मनलाग्दी नबोल्न सुझावसमेत दिएका छन् । अहिले नयाँ नक्सा जारीपछि भारतसँग वार्ताको वातावरण मिलाउनुपर्नेमा ओलीले उल्टै कहिले मलाई भारतले हटाउन लाग्यो भन्ने कहिले नेपालको अयोध्यामा जन्मिएका रामलाई आफ्नो भनेर भारतले सांस्कृतिक आक्रमण गर्यो भन्ने गर्नु गलत भएको खड्काको भनाई छ ।
उनले ओलीसँग यसको प्रमाण भए आन्तरिक छलफल गरेर अरु कसै मार्फत सार्वजनिक बहसमा ल्याउनु उपयुक्त हुने, तर आफै बोल्नु ठिक नभएको धारणा राखे ।
देश र जनताका लागि केही गर्न र आफैले जारी गरेको नयाँ नक्साका विषयमा भारतसँग कुरागर्ने आँट नभएपछि भारत र नेपालको सम्बन्ध विगार्न ओलीले नानाथरि तथ्यहिन विषय उठाएको भन्दै खड्काले सन् १९९० तिर चन्द्र शेखर भारतको प्रधानमन्त्री भएको समयमा उठेर मथ्थरहुदैँ आएको अयोध्याको विवादलाई विज्ञहरुले टुंग्याएरनै त्यहाँ मन्दिर बनाउन लगाएको बताए ।
उनले भने,‘ऐतिहासिक तथ्य नभएको विषयमा प्रधानमन्त्रीले बोल्नु राम्रो हैन । हामीले प्रमाण जुटाउन कठिन छ । यदी केही प्रमाण छ भने प्रधानमन्त्रीको तहबाट नभएर कर्मचारी वा हिन्दुधर्म गुरुहरुलाई बोल्न लगाउनुपथ्र्यो । ठोरीमा पनि लवकुशको मन्दिर छ तर, पहिले प्रमाण जुटाएर बहस गर्नुपर्ने थियो । ओलीको यो भनाइले हिन्दु सभ्यतामा असर पार्छ ।’
राम नेपालमा जन्मिएको तथ्य भए शुरुमा सरकार र कमसेकम आफ्नो दलभित्र छलफल गर्नुपर्ने उनको भनाई छ । “भोली इण्डोनेसियाले पनि राम नेपाल र भारतको हैन हाम्रो हो भन्यो भने के हुन्छ । वानर राजा बली इण्डोनेशियामा जन्मिएको भनिएको छ । त्यहाँ पनि हिन्दुका मन्दिरहरु छन्”खड्काले भने।
उनले सीमा र तराइमा बाँधिएका तटबन्धका विषयमा भारतसँग वार्ता गर्न ढिलाई भइरहेपनि यस विषयमा प्रधानमन्त्रीले सरकार र पार्टीमा समेत छलफल नचलाएको टिप्पणी गरे ।