Logo

समृद्धिको अभियान काँग्रेसले पूरा गर्छ: नेता सिंह



काठमाडौँ, ३१ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताएका छन् । चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताए । पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गरे । “फागुन ७ देखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,”–उनले भने ।

नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाए । कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको उनको भनाइ छ । उनले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यजस्तो संवेदनशील सामग्रीमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्