काठमाडौं, ३१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई अन्यथा रुपमा नलिन आग्रह गरेका छन् । उनले पनि आफ्नो बुझाईमा अयोध्या नेपालमै पर्ने र रामपनि नेपालमै जन्मिएको बताए । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडिओमा :