Logo

ओली-प्रचण्ड पटक-पटकको घन्टौं वार्ताले निष्कर्ष किन निस्कदैन ?



काठमाडौं, ३१ असार । आज पनि नेपाल कम्युनिस्ष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साँढे तीन घन्टा वार्ता भयो । दुई नेता वन टु वन वार्तामा बसे । तर, सहमति निस्कन सकेन ।

नेकपाभित्रको विवाद मिलाउन पटक पटक दुई नेता बैठक बसेपनि कुनै निष्कर्ष निस्किएको छैन । प्रचण्ड ओलीको राजीनामा माग्दै आएका छन् भने ओली कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने अडानमा छन् । यसरी नेकपाभित्र समस्या ज्युका त्यु छ ।

राजीनामाको माग केही दिनयता सेलाएपनि प्रचण्ड पक्षधर उपयुक्त समय पर्खेर बसेका छन् । प्रचण्डले बाढीपहिरोको चुनौती भएकाले त्यतातर्फ ध्यान दिने भन्दै केही दिन गृहजिल्ला चितवनमा समय दिए । २ साउनका लागि नेकपा स्थायी कमिटी बैठक सारियो । पटक पटक बैठक सार्नुमा ओलीको राजीनामामा स्थायी कमिटीका बहुमत सदस्य रहनु पनि मुख्य कारण हो ।

स्थायी कमिटी टार्दै लाँदा ओलीले आफूविरुद्ध एकतावद्ध भएका समुहलाई कमजोर बनाएको चर्चा पनि छ । उनले त्यसका लागि सबै शक्तिको प्रयोग गरिसकेका छन् । विरोधी समुहलाई छिन्नभिन्न पार्न नसकेपनि एक अर्कामा अविश्वास बढाउन सफल भएका छन् ।

ओलीले एकपछि अर्को तीर हान्दै कतिपय मुद्दालाई ओझेलमा पार्दै लगेका छन् । उनले आफ्नो राजीनामाको मागको एजेन्डा कमजोर पार्न यसो गरिरहेको चर्चा पनि चलेको छ । जसमा उनी धेरै हदमा सफल भएका छन् । उनका विरोधी पक्ष यो विषयले कमजोर सावित पनि भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot