Logo

निजी विद्यालयले भोलीबाट अनलाइन कक्षा बन्द गर्ने



काठमाडौ, ३१ असार । निजी विद्यालयहरुले भोली देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले भोली देखि लागु हुने गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने र भइरहेको अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

आफुहरुले उठाएको माग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बोधन नगरेको भन्दै निजी विद्यालयले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेका पठनपाठन बन्द गर्न बाध्य भएका हुन् ।
एनप्याब्सन र प्याब्सनले साउन १ देखि खोल्न र विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, लकडाउनको कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने र अनलाइनबाट भइरहेको पढाईलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्ने मागसमेत राखेका थिए ।

प्याब्सन र एनप्याब्सनले असार १४ गते शिक्षामन्त्री गिरीराज मणी पोखरेललाई माग पत्र बुझाएका थिए । सरकारले मागको कुनै सम्बोधन नगरेपछि उनीहरुले विद्यालय बन्द गर्ने निर्णयमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्