Logo

बालिकालाई यौन र्दुव्यवहार गर्ने पक्राउ



झापा, ३१ असार । यौन दुब्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कचलकबल गाउँपालिकाका छबिलाल राजबंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई यौन दुब्यवहार तथा जबरजस्ती करणी उद्योग गरेका राजबंशीलाई प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्