Logo

मोटरसाइकल चोरी गरी गर्दा गर्दै पक्राउ



भक्तपुर, ३१ असार । मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा सुजन थामीलाई बुधबार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको छ । सूर्यबिनायक दधिकोटका सरोज कुमार भण्डारीको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.२४ प ५९७५ नम्बरको मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा फेला पारी दोलखा कालिन्चोक घर भएका थामी पक्राउ परेका हुन् ।

उक्त मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा फेला पारी घरधनीले थामीलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्