Logo

अफिम सहित पक्राउ



काठमाडौं, ३१ असार । अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम (पश्चिम), आठविसकोट नगरपालिका स्थित ममता होटलबाट अवैध लागूऔषध अफिम करिब २ केजी सहित २ जना मंगलबार साँझ पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जाजरकोट नलगार्ड नगरपालिकाका विनोद रावल र टेक बहादुर रावल रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

कपिलवस्तु, वाणगंगा ओदारीबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ३२ ट्याब्लेट, नाईट्राभेट ४ पिस र एकसय एमएलको कोरेक्स २ बोतल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मायादेबीका शंसाद मुसलवान र राजेश केबट रहेका छन् । प्रहरी चौकी ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको युपि ५६ एल ३०४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम सहित लल्लु बर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, राप्ती गड्यौलीबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत झारखण्ड घर भएका अल्ताप खान र पर्सा वीरगंजका संजय साह रहेका छन् । अस्थायी प्रहरी पोष्ट लोथबाट खटिएको प्रहरीलाई देख्नासाथ एनएल ०१ एडि ३९९० नम्बरको भारतीय ट्रकमा रहेको उक्त परिमाणको लागूऔषध फाली ट्रक फरार भएकोमा लोथर चेक प्वाइन्टमा ट्रक फेला पारी चालक खान र ट्रकमा सवार साहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मोरङ, बिराटनगरस्थित हुलास मेटल चोकबाट नियन्त्रित लागूऔषध एभिल १५ एम्पुल, लुप्रिजेसिक १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित सुनसरी ईटहरीका रोहित चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश ब्यूरो र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । युबराज चौधरीलाई नाईट्राभेट ४ सय १० ट्याब्लेट सहित फेला पारी प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्