Logo

कटुवा पेस्तोल र गोली सहित पक्राउ



कैलाली, ३१ असार । कटुवा पेस्तोल र गोली सहित २ जना बुधबार बिहान पक्राउ परेका छन् । धनगढी बेलीस्थित सडकबाट कटुवा पस्तोल १ थान र गोली १ राउण्ड सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ तुलसीपुरका निर्वाण भन्ने ओम प्रकाश पुन र डडेल्धुरा घर भएकी पूर्णीमा भन्ने गौरा धामी रहेका छन् ।

गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उनीहरु सवार प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पुनको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्