Logo

सुशान्त सिंहको टिसर्टको चर्चा



बलिउड कलाकार सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बचेरा’को ट्रेलर र केहि गीतहरु रिलीज भएका छन् । फिल्मको टाइटल गीतको म्युजिक र लिरिक्सलाई दर्शकहरुले धेरैे मन पराएका छन् । टाइटल गीतसंगै सुशान्तले लगाएको टिर्शट पनि भाइरल भएको छ ।

सुशान्तको नृत्य रहेको गीतमा उनले लगाएको टिर्शट अमेरिकाका पुर्व बास्केटबल प्लेयर रेजी मीलरको भएकोले त्यो टिर्शटको (जर्सी) अमेरिकामा पनि उत्तिकै चर्चा चलेको छ । पुर्व बास्केटबल प्लेयर रेजी मीलर सुशान्तका लेजेन्ड प्लेयर हुन् । टिर्शटको बिषयमा बास्केटबल च्याम्पियनहरुले पनि प्रतिक्रिया दिन थालेका छन् ।

उनका लेजेन्ड रेगी मिलरले लेखेका छन्, ‘सुशान्तको याद सधै जिउदै रहनेछ, उनी मरेर गएपनि भुल्न सक्दिन । ’



प्रतिक्रिया दिनुहोस्