Logo

अन्य कुनै रोग नभएका कोरोना सङ्क्रमित युवकको मृत्यु



वीरगञ्ज, साउन १ । वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत एक जना कोरोना सङ्क्रमित युवकको उपचारको क्रममा बुधबार साढे ३ः३० बजे मृत्यु भएको छ ।

असार २९ गते राती १२ बजे देखि वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका रौतहटको परोहा नगरपालिकाका ३६ वर्षीय कोरोना सङ्क्रमित युवकको उपचारको क्रममा बुधबार ३ः३० बजे मृत्यु भएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा उदयनारायण सिंहले बताए ।

भारतको बैङ्गलोरबाट असार २४ नेपाल छिरेका ती युवक रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा बसेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ल्याइएको चिकित्सक सिंहले बताए ।

असार २९ गते उपचारको लागि ल्याएको बेलामा ती युवकको पीसीआर परीक्षणको रिपोर्ट आई नसकेकाले शङ्कास्पद कोरोना सङ्क्रमित उपचार गर्ने वार्डमा राखेर उपचार गरिएको र ३० गते पीसीआर रिपोर्ट पोजिटिभ आएको अनि ३१ गते दिउँसो मृत्यु भएको चिकित्सक सिंहको भनाई रहेको छ ।

सामान्य ज्वरो र रुघाखोकी लागेका स्वास्थ्य देखिने अन्य कुनैपनि रोग नभएको युवक कोरोना भाइरसको सङ्क्रमणकै कारणले ज्यान गुमाएको बताउँदै अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा उदयनारायण सिंहले भने,ुसायद नेपालमै यो पहिलो व्यक्ति हुनुपर्दछ जो कोरोना भाइरसको सङ्क्रमणकै कारणले मृत्यु भयो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्