Logo

साउने संक्रान्ति लुतो फ्याकेर मनाइदै



काठमाडौं, १ साउन । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व देशभर मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने परम्परा रहेको छ ।

आजको दिन रोगब्यादी नलागोस भनेर लुतो फाल्ने चलन पनि छ । परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ । चारै दिशामा बलेको अउल्टो फ्यांकेर सबै रोगब्यादी लैजा भन्ने गरिन्छ । यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्