Logo

आजदेखि अर्को बैंकको एटिएमबाट पैसा झिके शुल्क लाग्ने



काठमाडौं, साउन १ । आजदेखि अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने भएको छ । गत चैत्र ११ गतेबाट मुलुक लकडाउनमा गएसँगै सबै बैंकहरुले अन्तरबैंकिङ कारोबारमा अतिरिक्त शुल्क छुट दिँदै आएपनि आजबाट भने शुल्क लाग्ने भएको हो ।

विहिबारदेखि एक बैंकको खातावालाले अर्को बैंकको एटिएम बुथबाट पैसा झिक्दा, मोबाइल बैंकिङमार्फत रकम ट्रान्फर गर्दा वा क्रेडिट कार्ड प्रयोग गर्दा अतिरिक्त पैसा लाग्ने भएको छ।



प्रतिक्रिया दिनुहोस्