Logo

चीन-अमेरिका र ‘साउथ चाइना सी’ को मुद्दा



एजेन्सी १ साउन। चीन र अमेरिकाबीच विगतदेखि ‘साउथ चाइना सी’लाई लिएर विवाद तातिरहेको छ। दुवै देशले उक्त क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न निरन्तर आफ्नो बल प्रयोग गरिरहेको छ। ‘साउथ चाइना सी’को विभिन्न सम्पदाका सिकार गर्ने चीनको नीति पूर्णतः गलत रहेको अमरिकी विदेश मन्त्री माइक पोम्पियोले जनाएका छन्।

अमेरिकी विदेश मन्त्रीको बयानलाइ खण्डन गर्दै अमेरिकाले सत्यतथ्य र अन्तर्राष्ट्रिय कानुन बंग्याएको आरोप चीनले लगाएको छ। उक्त क्षेत्रमा मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले आफ्नो स्वामित्व दाबी गरिरहेको छ। उक्त विषयमा अमेरिकाले साथ् दिएको देखिन्छ। चीनले सो क्षत्रेमा आफ्नो सैन्य गतिबिधिहरुलाई बढाएको छ। युद्धपोतहरु समते चीनले स्थापना गरिसकेको छ। अमेरिकाले समेत उक्त क्षेत्रमा आफ्नो गतिबिधिलाई तिब्रता दिएको जनाइएको छ ।

विवाद भयाबह बन्दै गएको देखिन्छ। चीन प्रभावित क्षेत्रमा टापु निर्माण, गस्ती र सैनिक उपस्थिति विस्तारको काम गरिरहेको छ। सो क्षेत्रमा प्रतिरक्षा अभ्यासको रूपमा जापान समेत लागिपरेको छ। उक्त विषय अन्तरास्ट्रिय मुद्दाको विषय बनेको छ। त्यसैगरी प्रसान्त महासागर, हिन्द महासागर, इस्ट चाइना सीमा समेत शक्ति मुलुकहरुबीच विवाद तातिरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot