Logo

मेलम्ची खानेपानी: उद्धारका लागि गएको प्रहरी टोलीको बोट दुर्घटना



सिन्धुपाल्चोक, १ साउन : मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ ।

बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । एक जना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको उद्धार जारी छ ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्