एजेन्सी, १ साउन । विश्वभर फैलिएको कोरोना भाइरसले अधिकांश देशको आर्थिक र सामाजिक जीवनमा संकट बढ्दै गएको छ । कतिपय देशहरु लकडाउनको अवस्थामा छन् । धेरै काम अझै ठप्प रहेको छ । यसकारण विश्वको अर्थतन्त्रमा ठूलो असर परेको छ ।
विश्वका सबैजसो देशहरुको अर्थतन्त्र खस्किइरहेको बेला चीनले आफ्नो अर्थतन्त्र उकास्न कार्यविधिहरुलाई तीव्रता दिएको छ । चीनको अर्थतन्त्र तीन महिनाको अवधीमा ३.२ प्रतिशतले वृद्वि भएको जनाइएको छ । विश्वको ठूलो अर्थतन्त्र मानिने चीनको अवस्था कोरोनाका कारण खस्किएको थियो । तर, यसले आफ्नो अर्थतन्त्रलाई उकास्न निरन्तर प्रयास गरिरहेको छ ।
बुधबार चीनले जारी गरेको ग्रस डोमेस्टिक प्रोडक्ट (जीडपिी) को तथ्यांक ३.२ प्रतिशतले वृद्वि भएको देखाएको छ । उक्त प्रतिशत अनुमान गरिएको भन्दा बढी भएको विज्ञहरुले जनाएका छन । यस वर्षको पहिलो चरणमा चीनको अर्थ ६.८ प्रतिशतले घटेको थियो । यो सन् १९९२ पछिको सबैभन्दा ठूलो धक्का परेकोे हो ।