Logo

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ४ जना पक्राउ



काठमाडौं, १ साउन । यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको अभियोगमा ४ जना पक्राउ परेका छन् । चन्द्रागिरी गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई दुःख हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेका हो ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबीका पुष्कर कटुवाल, धनुषा हरीहरपुरका बिमल लामा, धादिङ बेनीघाट रोराङका बिनोद पुलामी र लमजुङ मर्स्याङदीका उज्जवल गुरुङ रहेका छन ।

यातायात कार्यालय क्षेत्रमो सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेका ४ जनालाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्