Logo

१२ वर्षिया छोरीलाई बलात्कार गर्ने बाबु



झापा, १ साउन । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान घर भई झापा बिर्तामोड बस्दै आएका ३५ वर्षीय पुरुषलाई बुधबार राति पक्राउ गरेको हो ।

बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक पटक जबरजस्ती करणी गरेका ती पुरुषलाई ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्