Logo

चाँदीका विभिन्न गहनासहित २ जना पक्राउ



बारा, १ साउन । अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको चाँदीका विभिन्न गहनासहित २ जना बुधबार दिउँसो पक्राउ परेका छन् । कलैया विश्वम्भरपुर टोलस्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको चाँदीका विभिन्न गहना २५ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ईन्द्रदेव प्रसाद यादव र प्रसौनिका वकिल अन्सारी रहेका छन् । ना.६१ प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको उक्त चाँदीका गहनासहित बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पठाएको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्