Logo

कालसर्प दोषको १३ लक्षण र निवारणका उपायहरु



जुन व्यक्तिको जन्म कुन्डलीमा कालसर्प दोष हुन्छ वा जसको हातबाट जानेर जा अन्जानमा सर्पको हत्या हुन्छ उनीहरुको जीवनमा धेरै उतार चढाव आउने गर्छ ।

यदि जन्म कुन्डली नभएमा पनि जीवनमा निम्नलिखित समस्या मध्ये कुनै आएमा नागपञ्चमीको दिनमा समस्यालाई हटाउन सकिन्छ ।

  • मिहेनतका पूर्ण फल प्राप्त नहुने
  • व्यवसायमा पटक पटक हानी हुने
  • आफ्नाले नै ठग्ने
  • कारण बिना कंलकित हुने
  • सन्तान नहुने
  • विवाह नहुने वा वैवाहिक जीवन अस्तव्यस्त हुने
  • स्वास्थ्य खराब हुने
  • पटक–पटक चोट –दुर्घटना हुने
  • राम्रो कामको जस नपाउने
  • सपनामा नाग नागिन बारम्बार आउने
  • काली स्त्री, विधवा महिला रोएको देख्ने
  • मरेको मानिस सपनामा आई केही मागीरहने, पानीमा डुबेको देख्ने

नागपंचमीको दिन निम्न केहि सामानको प्रयोग गरेर कालसर्प दोष कम गर्न सकिन्छ ।

  • नाग–नागिनको एक जोडा भएको चाँदीको टुक्रालाई पुजा गरेर पानीमा बगाइदिने
  • नरिवलमा जोडी बनाइदिएर पानीमा बगाइदिने
  • सर्पको जोडीलाई पैसाले किनेर जंगलमा स्वतन्त्र रुपमा छाडीदिने
  • शिवको नाग नभएको मन्दिरमा प्रतिष्ठा गरेर नाग चढाइदिने
  • नागपंचमीमा शिव मन्दिरमा सरसफाई गर्ने
  • प्रत्येक बुधवार वा शनिवार शिव मन्दिरमो चन्दन चढाउने
  • शिवजीलाई विजया, फुल, धतुर फुल, फलफुल चढाएर तथा दुधबाट रुद्राभिषेक गराउने ।
  • आफ्नो तौल बराबरको कोइला पानीमा बगाउने
  • गौमुत्रले दात सफा गर्ने ।
  • ‘नागेन्द्र हाराय ऊं नमःशिवाय’ मन्त्र जप गर्ने


प्रतिक्रिया दिनुहोस्