Logo

मौद्रिक नीति कस्तो आउनुपर्छ ? कांग्रेसले दियो यस्तो सुझाव



काठमाडौं, १ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतको नेतृत्वमा रहेको पार्टीको अर्थ समितिले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीतिबारे सुझाव दिएको छ । मौद्रिक नीति अहिले सबैको चासोको विषय बनेको बेलामा महत नेतृत्वको समितिले उक्त नीतिमा समेट्नुपर्ने विषयमा पाँचबुँदे सुझाव दिएको छ। बिहीबार पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरेर मौद्रिक नीतिबारे सुझाव दिईएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री डा. महतले ब्याजदर कम गर्नुपर्ने तर्क गरे । ब्याजदर कम गर्न सकिए मात्रै व्यवसाय चलायमान हुने उनको जिकिर छ । त्यस्तै, कोरोनाका कारण थलिएका व्यवसायीलाई नेपाल राष्ट्र बैंकले रिफाइनान्सको व्यवस्था गर्नुपर्ने पनि उनले स्पष्ट पारे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

समितिले अघि सारेका सुझाव यस्ता छन् :



प्रतिक्रिया दिनुहोस्