काठमाडौं, साउन २ ।सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो ।
स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जुटेको छ । सो रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको छ ।
‘अहिले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको मुख्य जिम्मेवारी छ, अब नेपाली सेनालाई सीमाको सुरक्षाको जिम्मेवारी दिने गरी नीतिगत तहका काम अघि बढाइँदै छ,’ स्रोतले भन्यो ।
राष्ट्रिय योजना आयोगले समेत आगामी तीन वर्षको मध्यकालीन खर्च संरचनामा नेपाली सेनालाई अन्तर्राष्ट्रिय सीमाको सुरक्षामा सहभागी गराउने विषय समेटेको बताइन्छ ।
सीमामा सेना खटाउने विषयमा नीतिगत रूपमा तयारी भइरहेको छ । त्यसका लागि सुरक्षा नीति र प्रतिरक्षा नीति पनि त्यहीअनुसार हुनुपर्छ, कार्ययोजना बन्दै गरेको आजको राजधानी दैनिकमा खवर छ ।