Logo

कांग्रेसको मौद्रिक नीतिमा पाँच बुँदे सुझाव



काठमाडौं, २ साउन । नेपाली कांग्रेसले आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने विषयलाई समेटेर पाँचबुँदे सुझाव दिएको छ। बिहीबार पार्टी कार्यलयमा अर्थतन्त्र केन्द्रित समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता पूर्वअर्थमन्त्री डा। रामशरण महतले उक्त सुझाव दिएका हुन् ।

डा महतले सुझाव सार्वजनिक गर्दै इकोनोमिक रिभाइवल, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय क्षेत्र सुधार, ब्यालेन्स अफ पेमेन्ट र नियामकको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
ब्याजदर कम गर्नै पर्नेमा उनको जोड थियो। उनले ब्याजदर कम गर्न सकिए मात्रै व्यवसाय चलायमान हुने बताए। जति सस्तोमा ऋण उपभोग गर्न पाउँछन् त्यति नै उनीहरूले राहत पाउनेछन्।

थलिएका व्यवसायीलाई नेपाल राष्ट्र बैंकले रिफाइनान्सको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। उनीहरूलाई उठाउन दुई सय अर्बभन्दा माथिको कोष निर्माण गर्नुपर्ने उनको सुझाव थियो।डा महतले भने,  सोही कोषमार्फत रकम परिचालन गरेर भए पनि उनीहरूलाई राहत दिनुपर्छ। त्यसको दुरुपयोग नहोस् भन्नका लागि व्यवसायीको प्राथमिकीकरण गर्नुपर्छ। आवश्यक व्यक्तिहरूको पहिचान गर्दै उनीहरूलाई राहत दिनुपर्छ।

बजारमा रकम बढी रकम परिचालन गर्न क्यासफ्लो बढाउनु पर्छ। जसले बैंकहरूले ऋण दिन सक्नेछन्। ऋणको पुनर्तालिकिकरणर र पूनर्संरचना समेत आवश्यक रहेको उनको भनाइ रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्