Logo

वैदेशिक रोजगार कम्पनी नवीकरणको बाटो खुल्यो



काठमाडौं, साउन २ । चालू आर्थिक वर्ष २०७७र ७८ मा सबै वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई इजाजत नवीकरण हुने बाटो खुलेको छ । सरकारले कोभिडको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर एक सय श्रमिक विदेश पठाउन नसकेका कम्पनीलाई समेत नवीकरणको छुट दिने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सबै कम्पनीलाई एक पटक नवीकरण गर्ने निर्णय गरेसँगै नवीकरणका लागि सबैलाई बाटो खुलेको हो । सरकारले वैदेशिक रोजगार ऐन २०६४ को बाधा अड्काउ फुकाउ दफा ८२ प्रयोग गरी सबै कम्पनीका लागि इजाजतपत्र नवीकरण हुने निर्णय गरेसँगै ५१३ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन् ।

यो निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि मात्र कार्यान्वयनमा आउनेछ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा सम्बन्धित निकायमा लिखित आदेश दिएसँगै वार्षिक एक सय श्रमिक पठाउन नसकेको इजाजत प्राप्त संस्था आर्थिक वर्ष २०७७÷७८ का लागि नवीकरण गराउन आएमा नियमअनुसार नवीकरण हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot