Logo

फेरी बल्झियो राजीनामा विवाद



काठमाडौं, २ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । यसले गर्दा नेकपामा राजीनामा प्रकरण बल्झिएको छ भने विवाद चुलिँदै गएको छ ।

प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन प्रचण्डले आग्रह गरे पनि दुवै पदबाट राजीनामा नदिने अडान ओलीले राख्दा सहमति जुट्न नसकेको हो । दुई अध्यक्षबीच सहमति जुट्न नसकेपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी भएको छलफलमा सहमतिभन्दा पनि झन् विवाद चुलिएको छ ।

राजीनामाको एजेन्डाबाट पछि हटेर अध्यक्षको जिम्मेवारी दिए विवाद मिल्ने संकेत गर्नुभएका प्रचण्डले पुनः ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान दोहो¥याउनुभएको छ । जसले गर्दा नेकपाभित्र टर्न लागेको राजीनामाको विषय फेरि बल्झिएको हो ।

बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत् अडान दोहो¥याएपछि बैठक निष्कर्षविहीन बनेको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताए । करिब साढे २ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक सकिएको थियो । यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्