Logo

सार्वजनिक सवारीमा इ-टिकेटिङ व्यवस्था गर्दै महानगर



काठमाडौं, २ साउन । बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा इ—टिकेटिङ प्रयोगमा ल्याउने तयारी भएको छ । यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन एएफसी प्रणालीका बिषयमा आज फिनटेक इन्टरनेशनलका प्रतिनिधिहरूले महानगरका प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रस्तुति गरेका छन् ।

 

कोभिड—१९ को जोखिमबाट अझै पनि मुक्त नभएकाले महानगरले यस्तो योजना ल्याएको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए । ‘जनजीवनलाई सहज बनाउनका लागि सार्वजनिक यातायातलाई सुरक्षित राख्न प्रविधिमा आधारित श्पर्शरहित बनाउने योजनामा रहेका छौं,’ उनले भने, ‘यसका लागि निजी क्षेत्रले देखाएको उत्साहलाई हामीले सकारात्मक रुपमा लिएका छौं।’

 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालको अनुसार भाडा भुक्तानीसँगै यातायात व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउन लैजान पाए काठमाडौंमा ट्राफिक व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरे र सार्वजनिक यातायातको टिकटलाई विद्युतीय बनाएपछि बालबालिका, विद्यार्थी, जेष्ठ नागरिकलगायत कुन बर्गका मानिस यात्रा गर्छन्रु कुन समयमा र कुन ठाउँमा यात्रुको बढी चाप छ । सूचना प्राप्त हुन्छ । त्यस्तै हरेक यात्रुले तिरेको रकम सिधा बैंक खातामा जम्मा हुन्छ । त्यस्तै संकलित रकम हरेक दिन बेलुका स्वचालित प्रणालीबाट जसको भागमा जानु पर्ने हो । उसैको बंैक खातामा जम्मा हुन्छ ।

 

फिनटेकका महाप्रबन्धक हेमन्त अग्रवालकाअनुसार सार्वजनिक सवारी चल्ने अवस्था आउनासाथ काठमाडौंको चक्रपथसहित पाँच वटा मुख्य रुटमा चल्ने तनि सयवटा बसमा प्रणाली परीक्षण गरिनेछ । काठमाडौंका बिभिन्न रुटमा चल्ने १८ वटा बस कम्पनीसँग सम्झौता भइसकेको समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्