Logo

कोरोना अपडेटः कुन देशमा कति मानविय क्षति



काठमाडौं, साउन २। कोरोना भाइरसबाट विश्वभर पाँच लाख ९२ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ९२ हजार ६ सय २८ पुगेको छ।

त्यस्तै, शुक्रबार विहानसम्म एक करोड ३९ लाख ४३ हजार आठ सय १७ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर ८२ लाख ७६ हजार आठ सय ८७ जना सक्रमण मुक्त भएर घर फर्किएका छन ।

संक्रमणबाट हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ भने ब्राजिल दोस्रो, भारत तेस्रो,रसिया चौथो र पाँचौ नम्बरमा पेरु रहेको छ ।

अमेरिकामा हालसम्म कारोनाबाट एक लाख ४१ हजार एक सय १८ जना, ब्राजिलमा ७६ हजार आठ सय २२, भारतमा २५ हजार ६ सय नौ, रसियामा ११ हजार नौ सय ३७ र पेरुमा १२ हजार ६ सय १५ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्