Logo

चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै



काठमाडौं, साउन २। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको छ । कोरोना भाइरस संक्रमण सन्त्रासका कारण थला परेको अर्थतन्त्र उकास्न बजेटमा राहत कार्यक्रम खासै नआएकोले उद्योगी व्यवसायीले मौद्रिक नीतिबाट ठूलो आशा गरेका छन् ।

उद्योगी व्यवसायीले पुनरकर्जा कोष बृद्धि गर्ने र त्यसको सीमा बढाउने, कर्जा तिर्न नसकेका ऋणीको लागि व्याज छुट तथा किस्ता र व्याज तिर्ने समय बढाउने लगायतका राहत प्याकेजको अपेक्षा मौद्रिक नीतिसँग गरेका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएपछिको पहिलो मौद्रिक नीति भएकोले पनि धेरैले चासोका साथ हेरेका छन् । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अपेक्षा गरिएभन्दा बढी राहत प्याकेज ल्याउने यसअघि नै सार्वजनिक घोषणा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्