एजेन्सी, २ साउन । भारतमा कोरोना भाइरसको संक्रमित संख्या दश लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या १० लाख ५ हजार ६ सय पुगेको छ ।
संक्रमितमध्ये मृत्यु हुनेको संख्या २५ हजार ६ सय पुगेको छ । भारतमा संक्रमित संख्या निरन्तर उकालो लागिरहेको छ ।
कोरोना संक्रमण फैलन नदिन भारतले लामो समययता लकडाउन गरेको थियो । अझै पनि केही राज्यहरुमा पूर्ण लकडाउन छ ।