बैतडी, साउन २। बैतडीको पञ्चेश्वर गाउँपालिकाले बजेट विनियोजनमा मनपरि गरेको भन्दै वडाकार्यालयमा ताला लगाइएको छ।
गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले ताला लगाएका हुन्। गाउँपालिकाको बजेटमा जनप्रतिनिधिले मनपरि गरेको उनीहरुको आरोप छ।
गाउँपालिकाले आसेपासे र आफन्तलाई खुसी पार्न बजेट ल्याएको उनीहरुले आरोप लागएका छन्। नागरिक भेलाको समेत जनप्रतिनिधिले वास्ता नगरेको स्थानीयको आरोप छ ।