काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य गणेश साह सादा जीवन उच्च विचार राख्ने नेताको परिचय बनाउन सफल छन् । वैचारिक राजनीतिक गरेका उनले नेकपा कुनै हालतमा नफ्ट्ने ठोकुवा गरेका छन् । तर, सहमतिका लागि सबैले आ आफ्नो ठाउँबाट त्याग गर्नुपर्नेमा उनको जोड छ । नेता साहसँग यीनै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
अब के हुन्छ ? पार्टी टुट्छ कि फुट्छ कि जुट्छ के हुन्छ ? ठ्याक्कै भन्नुस् । कुरा मिलेन ?
पार्टी टुट्दैन, फुट्दैन । पार्टी एकीकृत भएर अगाडि बढ्छ ।
नेताहरूको बीचमा त मनमुटाव देखियो नि त । हिजो त बालुवाटारमा भएको बैठक त बिना निष्कर्ष नै सकियो नि ?
जब पार्टीभित्र गतिरोध हुन्छ अनि त्यो गतिरोध तोड्नको लागि नेताहरूबीचमा, अब नेता भन्नेबित्तिकै अहिलेसम्म तपाई हामीले हेरिराखेको २ जना नेताको मात्र कुरा गरिराखेका थियौ । तर अहिले के छ भने पार्टी भनेको धेरै कुराले चल्छ, यसमा हाम्रो पार्टीको एकीकरण हुँदाखेरि कसरी सरकार चलाउने ? कसरी पार्टी चलाउने ? भनेर हामीले मोटामोटी २ वर्षमा पार्टीको महाधिवेशन गर्ने र पार्टी ठुलो भएको हुनाले कार्यविभाजन पनि स्पष्ट रूपमा आएको थिएन । यो पार्टीमा धेरै पुरानो एउटा अनुभवी नेताहरूको ठुलो जमात छ । नेपालको ठुलो पार्टी हो, जस्तो तपाई हेर्नुभयो भने ४ जना त उपप्रधानमन्त्री पाउनुहुन्छ, पार्टीमा नेतृत्व चलाएका नेताहरू हुनुहुन्छ । यो सबैको व्यवस्थापन र कार्यविभाजन हुनुपर्छ ।
होइन व्यवस्थापन र कार्यविभाजन गर्न तपाईहरू चुक्नुभयो, सक्नुभएन । मेरो भनाई कहाँनिर भन्दाखेरि प्रधानमन्त्रीले म दुवै पद छोड्दिन भन्नुभएको छ । हिजो प्रधानमन्त्रीले म दुवै पद छोड्दिन भन्नुभएको छ । तपाई अस्तिदेखि मसँग रिपोर्टस क्लब नेपाल र हरेक बहसमा भन्नुभएको छ, प्रधानमन्त्रीले कुनै एउटा पद छोड्नुपर्छ, प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये ? के हो त तपाईको अडान ?
मेरो त अडान के भने अब हामीले शक्तिको विकेन्द्रिकरणमा जुट्नुपर्यो । एउटै व्यक्तिलाई दुईदुई वटा पद, जिम्मेवारी दिएर त्यो प्रभावकारी रूपमा, व्यवस्थित रूपमा अगाडि बढ्न सक्दैन । पार्टीको नियमित बैठक हुन सकिरहेको छैन । बैठक नहुँदाखेरि हाम्रो नीति, विधि, विधान, पद्धतिको काम हुन नसकेको, त्यसैले कार्यबोध बढ्छ, तब आफ्नो कार्य अरूलाई दिँदा त्यसलाई नकारात्मक रूपले हैन कि सकारात्मक रूपमा हेर्नुपर्छ । अब हामीले देशको लागि, जनताको लागि, पार्टीको लागि व्यवस्थित बनाउनको लागि निर्णय गर्छौँ । अहिले दुइटै पद लिएर उहाँले व्यवस्थापन गर्न नसकेको हुनाले हामीले एक पद छोड्नुभयो भने पार्टी पनि अझै व्यवस्थित रूपमा अगाडि जान्छ । तपाई हामीलाई स्पष्ट रूपमा थाहा छ कि २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने थियो तर महाधिवेशनको समय पनि तोक्न सकिएको छैन । पार्टीको स्थायी समितिको आज बैठक छ । समस्यालाई एकदुई दिनमा समाधान गर्नुपर्छ । किनभने मुलुक चाहि कोभिड, बाढीपहिरो, अरूअरू समस्याले आक्रान्त छ । यो बारेमा सचिवालय पनि बसोस् । पार्टीको नीतिनियम के छ भने विधान भने जब जब अलिकति समस्या भयो भने समस्याको समाधान गर्न सकेन । केन्द्रीय समितिको मागमा बैठक भएको छ । ६ महिनापछि केन्द्रिय समितिको बैठक बस्नुपर्ने, अब ६ महिना पुग्न लाग्यो । हामी एकीकृत भएर आगामी दिनमा अगाडि बढ्छौँ ।
त्यसोभए केन्द्रिय समितिको बैठकले कार्यविभाजन गर्न सक्छ ?
केन्द्रीय समिति पार्टी महाधिवेशनको बीचमा सर्वोच्च निकाय हो । कही न कही हाम्रो इगोको पनि कुरा हो । स्थायी समितिले पार्टी अध्यक्षलाई विधिवत् रूपमा नैतिकता या उच्च नेतृत्वले एउटा समझदारीमा छोड्ने भन्ने मात्र हो । केन्द्रिय समितिले मात्र चाहि पदको कुनै पनि पुनस्थार्पना गर्न सक्दैन ।
त्यसोभए केन्द्रिय समितिको बैठकले सक्छ होइन, पार्टी अध्यक्ष हटाउन सक्छ ?
सक्छ, सक्छ ।
त्यसोभए के.पी. शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाृउन केन्द्रिय समितिको बैठकले सक्छ ?
केन्द्रिय समितिले नेतृत्वको पुनर्गठन गर्छ, यसलाई यसरी भनौँ ।
पुनर्गठन चाहि कसरी हुन्छ ? ठ्याक्कै भन्नुस् न ।
पुनर्गठन गर्दा चाहि पार्टीको विधानमै संशोधन गर्न सक्छ । अहिले सचिवालयकै कुरामा प्रश्न उठिरहेको छ । सचिवालयलाई कति अधिकार दिने भन्ने छलफल भएको छैन । त्यसैले अहिले हाम्रो मूल नीतिमा हामीले सुरुमै भनेका छौँ, वन मेन वन पोस्टको नीति लिने । केही मूलभूत नीतिगत निर्णय अनुसार नै हाम्रो नीतिमा पनि अस्पष्टता छ । त्यसले गर्दाखेरि कार्यविभाजनमा पनि तपाईलाई थाहा छ, वैदेशिक विभाग बनाउँदा पनि केन्द्रिय समितिले एउटा नीति बनाएर पार्टी नेताहरूको कार्यविभाजन गर्दै गर्ने हो भने चाहि मलाई लाग्छ, यसले समस्याको समाधान गर्छ । पार्टी व्यवस्थित, प्रभावशाली र क्रियाशील भएर आगामी दिनमा अगाडि बढ्छ ।
त्यसोभए केन्द्रिय समितिको बैठक एकल नेतृत्वमा जानको लागि व्यवस्थापन गर्न सक्छ, पार्टीलाई होइन ?
होइन यो मेरो प्रस्ताव हो कि नेपालको परिस्थिति परिवर्तन भएको छ, अहिले पार्टी व्यवस्थित रूपमा चल्न नसक्नको लागि मलाई लागेको के भने हामी एकल नेतृत्वमा जानुपर्छ । साझा सम्पत्ति भनेपछि उसले उसलाई दोष दिने जिम्मेवारी पनि नहुने जुन चिज देखियो, त्यो पनि सरकारमा बहुमत भएको पार्टीले निर्णयहरू पुनरावलोकन गर्नुपर्छ । त्यसैले खुल्ला रूपले हामीले यस बारेमा विचार विमर्श गर्नुपर्छ ।
त्यसोभए एक व्यक्ति एक पद्को अवधारणा अघि बढ्छ नेपाल कम्युनिष्ट पार्टीभित्र अब ?
सत्ताको केन्द्रिकरण गरिसकेपछि यसले चाहि सकारात्मक परिवर्तन दिदैन । अहिले विश्वव्यापी रूपमा जुन विज्ञानको विकास, पारदर्शिताको विकास भएको अवस्थामा चाहि हामीले एक व्यक्ति एक पदको अवधारणालाई अगाडि बढाएर आगामी दिनको कम्युनिष्ट आन्दोलन चाहि सफल हुन्छ र जनतासँगको सम्बन्ध प्रभावकारी र फलदायी भएर अगाडि बढ्छ ।-File Photo