काठमाडौं, २ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ११ बजेबाट सरेर तीन बजे बस्ने भएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा अोलीको राजीनामा मागेपछि बैठक प्रभावित हुँदै आएको छ। आज ११ बजे बस्ने भनिएको बैठक अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच छलफल गर्न समय चाहिने भएकोले बैठक आजै तीन बजे बस्ने भएको छ । file photo