स्पेन, २ साउन । यो सिजनको स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए। फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिलो गोल गर्दा ७७ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे।
भिल्लारियलका लागि इबोराले ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो। रियलले अन्तिम खेलअघि उपाधि जित्ने क्रममा दोस्रो स्थानको बार्सिलोनालाई पछि पार्यो। रियलले अन्तिम खेलअघि ८६ अंक जोड्यो। दोस्रो स्थानको बार्सिलोना ७९ अंक छ। एजेन्सी