माता/पिता : गंगादेवी सिग्देल, खड्गध्वज (बलराम) सिग्देल
जन्मस्थानः पाँचमाने जितपुरफेदी–३ हाल तारकेश्वर–७ काठमाडौं
अध्ययन : एमपीए त्रिभुवन विश्वविद्यालय
प्रथम प्रकाशित रचनाः वि.सं. २०२४ किसान कविता
प्रकाशित कृति : ४० (चालिस)
प्रकाशनोन्मुख कृतिः…
१.एक मात्र अनुसन्धनात्मक धार्मिक कृति
२.हरिभक्त सिग्देलका कविताहरु (गद्य कवितासंग्रह)
३.म अमर छु (पद्य कवितासंग्रह)
४.चतुष्कोण (साहित्यिक संग्रह)
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?
वि.सं. २०४४
कसबाट र कसरी प्रभावित हुनुभयो ?
लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, गुरु धरणीधर कोइराला, गुरु डा. ऋषिराम पोखरेल मुख्य हुनुहुन्छ ।
कसरी बढिरहेको छ त लेखन गतिविधि?
सामान्यतः वर्षको १।२ कृति प्रकाशित हुन्छन् ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
हजुर एकमात्र र अरु ३
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
महत्वपूर्ण, सकारात्मक र मार्गनिर्देशकका रूपमा
तपाईंको साहित्यिक आदर्श के हो ?
इमान्दारी, सत्यनिष्ठता, चारित्रिक सुधार र धर्मसंस्कृतिको रक्षा ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
९५% छन्
तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
पूर्ण सन्तुष्ट छु ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
सामाजिक र विश्वमा भएका परिवर्तन सापेक्ष हुँदै गएको ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
व्यक्ति, समाज, राष्ट्र र विश्वलाई सकारात्मक सन्देश दिने ।
लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
भइरहेका राम्रा/नराम्रा परिघटनाले ।
तपाइँको लेख्ने निश्चित समय छ कि ?
जुनवेला फुर्सद हुन्छ, खास लेखलाई समय निकाल्छु ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
सान्त साथै वातावरणले उत्प्रेरित गरोस्
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
सकेसम्म साहित्यको स्तरोन्नति र सकारात्मक सन्देश दिने ।
सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
समयसापेक्ष समाजलाई सही बाटोमा हिँडाउन सक्ने सृजना होस्
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
कविता, कथा, नियात्रा, निबन्ध, नाटक, उपन्यास ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
काल्पनिकभन्दा सजीवता बढी हुनुपर्छ ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
नराम्रो बाटोमा समाज हिँडिरहेको देख्दा, राष्ट्र नै गुमराह भइरहँदा ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
लेख्नुस्, लेखिरहनुस् । यो विश्वले तपाईंबाट सकारात्मक मार्गदर्शन खोजिरहेछ ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
सामाजिक बनावट त्यस्तै छ तर सकारात्मकता सही स्रष्टाले मानवता र विश्व बोक्छन् ।
अन्त्यमा केही भन्न छुटेको भए…
साहित्यको उन्नयनमा लागिरहन्छु ।
प्रस्तुति : जयराम सापकोटा