Logo

कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी



एजेन्सी, २ साउन । कोरोना भाइरसको खोप निर्माण गर्न ठूला राष्ट्रहरुको दौड कायम रहेको देखिन्छ । कोरोनाविरुद्व देशहरुले विभिन्न चरणमा आफ्नो खोपको परिक्षण गरिरहेको छ । यसैबीच चिनियाँ कम्पनी सिनोफार्मद्वारा निर्मित खोप कोरोना संक्रमित व्यक्तिमा देखिने सम्पूर्ण प्रकारका लक्षणविरुद्व लड्न प्रभावकारी रहेको कम्पनीले दाबी गरेको छ । उक्त खोपको क्रस प्रोटेक्सन प्रयोगहरु भइरहेको छ ।

परिक्षणमा खोपलाई जनावरमा पयोग गरी यसले विभिन्न प्रकारका जनावरको प्रतिरोधात्मक प्रणालीको विकास गर्न मद्दत पुर्याएको छ की पुर्याउँदैन भन्ने क्रममा रहेको कम्पनीका प्रमुख यांगले चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सलाई भनेका छन् । सिनोफार्मद्वारा निर्मित खोपको तेस्रो चरणको परिक्षणमा चलिरहेको जनाइएको छ । कम्पनीले खोपमा विश्वास दिलाएसंगै ४० लाख खोपको उत्पादन गरिसकेको जनाएको छ ।

बजारमा ल्याउन खोपको मान्यताको पर्खाईमा रहेको कम्पनीका प्रमखले जनाएका छन् । मान्यत पाउनासाथ कम्पनीेले खोपको वितरण देशलाई चाहे अनुसार गर्ने जनाइएको छ । खोप बाजारमा सन् २०२० सम्म अथवा २०२१को सुरुवातमा आउने विश्वास कम्पनीका प्रमुखले व्यक्त गरेका छन् । सिनाफार्मद्वारा निर्मित खोप बेजिङ र वुहान अुनसन्धान केन्द्रमा अप्रिल महिनादेखि सुरु भएको बताए । सिनोफार्मद्वारा निर्मित खोपको पहिलो र दोस्रो चरणमा देखिएको साइड इफेक्टलाई पश्चिमी सञ्चार माध्यमले नाकारात्मक तरिकाले उचालेको थियो ।

पहिलो र दोस्रो चरणमा देखिएको साइड इफेक्टमा ध्यान नदिन कम्पनीले सुझाएको छ । नियमित रुपमा कम्पनीका हजारौँ स्वयम सेवकहरुमा खोपको परिक्षण भइरहेको विषयलाई कम्पनीको प्रमुखले स्पष्ट पारेको छन् । परिक्षणको नतिजा सुरक्षीत र प्रभावकारी रहेको जनाइएको छ । मे महिना १८० स्वयम सेवकमा गरिएको परिक्षणमा कोरोना विरुद्व लड्न शत प्रतिशत प्रभावकारी देखिएको कम्पनीले बताएको छ । जुन २३ मा सिनाफार्मको परिक्षण अरबमा गर्न चीन र अरबबीच सम्झौता भएको थियो । खोपको विकास र मार्केटिङलाई तीव्रता दिइएको जनाइएको छ । खोप निर्माण गर्ने दौडमा रुस, चीन र अमेरिका अग्रपक्तिमा छन् । यी देशहरुबीच अत्यधिक प्रतिस्पर्धा भइरहेका जनाइएको छ ।

अमेरिकाले कोरोना विरुद्वको खोप निर्माण गर्न सक्ने विश्वास अमेरिकन मेडिकल एक्सपर्ट डा एन्थोनी फउचीले बुधबार व्यक्त गरेको छन् भने चीन उक्त दौडमा चीन अमेरिका भन्दा पछाडी हुने रियुटरलाई बताएका छन्। यस दौडमा चीन र रुस अग्रसर देखिएका छन् । कोरोना खोप निर्माण गर्न दूई ठूला शत्तिका लागी चूनौती रहेको छ । चीनले कोरोना विरुद्वको खोप निर्माण गर्ने पहिलो देश बन्ने सिनाफार्म कम्पनीको प्रमुख यांगले विश्वास व्यक्त गरेका छन् ।-File photo



प्रतिक्रिया दिनुहोस्