Logo

साउन ४ देखि कम्तिमा तीन दिन अविरल वर्षा हुने, (प्रभाव पार्ने स्थानसहित)



काठमाडौ, २ साउन । जल तथा मौसम विभागले साउन ४ देखि फेरी देशैभर भारी वर्षा हुने पूर्वानुमान गरी सचेत हुन आग्रह गरेको छ । साउन ४ देखि भारी वर्षा ३ देखि ४ दिनसम्म रहने मौसम पूर्वानुमान विभागले जनाएको हो ।

नेपालका विभिन्न भागमा मनसुन सक्रिय भई मध्यमदेखि केही स्थानमा भारी वर्षा हुने हुँदा नदीका बहाव बढ्ने भएकोले सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ । ४ गतेबाट विशेष गरी कन्काई, कोशी, कमला, बाग्मती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसको सहायक नदी लगायत प्रदेश न. १ र २ बागमती, गण्डकी र प्रदेश ५ को चुरे तराई भई बग्ने नदीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

यस अघि पनि विभागले एक हप्ता अगाडी नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र बाढी पहिरो जान सक्ने पूर्वानुमान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्