Logo

उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या साढे १७ हजार नजिक



काठमाडौँ २ साउन। काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यकामा शुक्रबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका हुन्। पुष्टि हुने काठमाडौंका १ जना र भक्तपुरका २ जना रहेको जनाइएको छ। ।

त्यसैगरी शुक्रबार थप १०१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २८५ जनाले कोरोना परास्त गर्ने सफल भएका छन्। योसहित कोरोना परास्त गर्ने कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot