Logo

हत्या गरी फरार अभियुक्त १४ वर्षपछि पक्राउ



झापा, २ साउन । हत्या गरी फरार रहेका पुण्य प्रसाद विश्वकर्मा १४ वर्षपछि पक्राउ परेका छन् । टागनडुब्बा गाउँपालिकाका नत्थु विश्वकर्माको कुटपिटबाट हत्या भएको घटनामा संलग्न फरार रहेका मेचीनगरका बौदल लामगाधे भन्ने पुण्य प्रसाद विश्वकर्मालाई घटनाको १४ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

२०६३ चैत २४ गते दिउँसो पुण्य प्रसादले कामाटोली बजारबाट मृतकको साईकल नसोधी ल्याएकोले साइकल लिन सोही दिन बेलुका टागनडुब्बा गाउँपालिका स्थित पुण्य प्रसादको ससुराली गएका विश्वकर्मालाई रक्सीको नशाले मातेर पुण्य प्रसाद बिकले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । घाइते विश्वकर्माको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो ।

कुटपिटपछि फरार रहेका पुण्य प्रसादको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले मेचीनगरस्थित इँटाभट्टा चोकमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । पुण्य प्रसाद विकलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्