Logo

चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा कम वितरणयोग्य नाफा भएका कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक



काठमाडौँ २ साउन : नेपाल राष्ट्र बैंकले कुल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका बैंक तथा वित्तीय संस्थाको नगद लाभांश वितरणमा रोक लगाएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो।

त्यस्तै केन्द्रिय बैंकबाट इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म (उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदर भन्दा बढी नहुनेगरी) मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्