Logo

साउनको दोश्रो सोमबारको महत्व



साउन महिनाको सोमबार त्यसैपनि धेरै महत्व हुन्छ । धेरै मानिसहरु सोमबार उपवास बसेर शिवको मन्दिरमा गई शिवजीको आराधना गर्छन् । साउन महिनाको पहिलो सोमबार ५ गते र दोश्रो सोमबार १२ गते परेको छ ।

दोश्रो सोमबारको खास महत्वः दोश्रो सोमबार पंचक र रेवती नक्षत्रमा अष्ठमी तिथी पर्दछ । सोमबार देवता चन्द्र, रेवती नक्षत्रको देवता पुषा र अष्टमी तिथीको देवता भगवान रुद्र हुन् । रुद्र पनि भगवान शिवको एक रुप हुन् । अतः यस तिथीमा वृषभबाट सुशोभित भगवान सदाशिवको पुजा गर्दा सबै कष्ट र रोग हट्नेछ ।

अन्तिम सोमबारको तिथीमा देवता अग्नि र नक्षत्र उत्तरषन्डको देव विश्वदेव थिए । रेवती नक्षत्रको देवता पुषन देवका पुजा गर्नाले सबै किसीमका शत्रु, घटना, दुर्घटना र रोगहरु लाग्ने सम्भावना कम भइृ हाम्रो जीवनमा धन, स्वास्थ्य र समृद्धि आउछ ।

कहिले कहिले पर्छ साउनको सोमबार

साउनको पहिलो सोमबार ५ गते

साउनको दोस्रो सोमबार १२ गते

साउनको तेस्रो सोमबार १९ गते

साउनको चौथौ सोमबार २६ गते



प्रतिक्रिया दिनुहोस्