देवर्षी नारद भगवान विष्णुको परम भक्त थिए । ब्रह्माको १७ औं छोरा मध्ये एक हुन् नारद मुनि । नारदको ज्ञान र बृद्धि देखेर सबै देवता, राक्षस र ऋषिहरुले सम्मान गर्थे । उनै ज्ञानको भण्डार नारदको घमण्ड भगवान विष्णुले नै तोडेका थिए ।
पौराणीक कथाअनुसार देवर्षी नारदलई कामदेवले पनि आफ्नो ब्रह्चार्य भंग गर्न नसक्नेमा घमण्ड बढ्दै गएको थियो । नारदले यो कुरा भगवान शिवलाई बताएका थिए शिवले यो कुरा बिष्णुको अगाडि नभन्नु भने । तर नारदले विष्णुलाई सुनाइहाले । विष्णुले उनको घमण्ड सुनेर योजना बनाउन थाले ।
नारद विष्णुलाई ढोगेर अगाडि बढे । बाटोमा नारदले एक सुन्दर भवन दखे । जहाँ राजकुमारीको स्वयंवरको आयोजना हुँदै थियो । नारद उक्त स्वयंम्बरको कार्यक्रममा गए, र राजकुमारीको विश्वमोहनी रुप देखेर मोहित भए । भगवान विष्णुको मायाको कारण यो सबै भएरहेका थिए । उता नारदको भने तपस्या भंग भइसकेको थियो । जसको कारण स्वयंम्बरमा भाग लिने मन बनाइसकेका थिए ।
नारद आफ्ना स्वामी भगवान विष्णुको चरणमा गई ती सुन्दरी पाउने इच्छा राखे । उनको इच्छा अनुसार विष्णुले रुप दिए । विष्णुले दिएको वादर रुपमा स्वयंम्बरमा पुगेका नारदलाई छाडेर राजकुमारीले विष्णुको गलामा वरमाला लगाइदिइन् ।
नारदको त्यस्तो रुप देखे सबैजना हाँसे, तब उनी गएर एैनामा अनुहार हेर र विष्णुसँग रिसाए । नारद क्रोधमा आएर विष्णुलाई धर्तिमा मानिसको रुप लिएर स्त्रीको वियोगमा व्याकुल भई वादरको सहायता लिन परोस् भन्दै श्राप दिए । तर जब भगवान विष्णु मायाबी शक्तिबाट हटे तब नारदले आफ्नो गल्ती महसुस गरे र तुरुन्त क्षमा मागे । यसैकारण भगवान विष्णुले रामको रुपमा पृथ्वीमा अवतार लिन पर्यो र माता सीताको वियोग सहन परेको बताइन्छ । र बादरको सहायता लिन परेको थियो ।