भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनभर दाह्री र जुँगा बढाएका छन् । उनी आज लामो दाह्रीमा देखापरे ।
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक काउन्सिललाई सम्बोधन गर्ने क्रममा उनको रुप फरक देखिएको थियो । मोदीको सेतो दाह्री लामो देखिदा विगतभन्दा फरक देखिए ।
मोदीले सम्बोधनका क्रममा सबैको साथ र सबैको विकासको नाराबारे प्रकाश पारेका थिए । उनले घर घरमा शौचालय निर्माण सफल भएको, महिला सशक्तिकरणमा प्रगति हासिल भएको विषयबारे बोलेका थिए ।