Logo

प्याव्सनका महासचिव घिमिरेको गुनासो : ‘राज्यले सहुलियत दिएन’



काठमाडौं, २ साउन । प्याव्सनका महासचिव कुमार घिमिरेले आफूहरुले अनलाईन कक्षाहरु बन्द गरेकोमा दुःख व्यक्त गरे । उनले आफुहरुले राज्यसँग सहुलियत मागेको तर कुनै सुनुवाई नभएको गुनासो पोखे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले निजी विद्यालयहरुले गत माघदेखि नै तलब नदिएको पाईए आफूहरुले कारबाही गर्ने प्रतिबद्धता जनाए । तर, कतिपय विद्यालयहरुले भने असारसम्मको नै तलब दिईसकेको पनि उनले स्पष्ट पारे ।

घिमिरेले बेईमानी गरेको पाईए राज्यले सबैलाई कारबाही गर्नुपर्ने बताए । उनले निजी विद्यालयहरुको औचित्य सकिएको वा औचित्य छ भन्नेबारे उठेको सवालमा यसबारे अभिभावकले भन्ने कुरा भएको जवाफ दिए । ‘अहिले निजी विद्यालयहरुलाई संविधानले चिन्छ । यदि आवश्यकत्ता छैन भने राज्यले लिए हुन्छ ।’–उनले थपे । सरकारले अहिलेको समस्या समाधान गर्न वातावरण बनाउनुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्