Logo

उपत्यकाभित्र समुदायमा कोरोना फैलिएको छैन



काठमाडौं, ३ साउन । काठमाडौं उपत्यकाभित्र समुदायमा कोरोना नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकाभित्र समुदायमा कोरोना नफैलिएको दाबी गरेका हुन्।

उपत्यकाको अति भीडभाड हुने विभिन्न स्थानमा गरिएको कोरोना नमूना परीक्षणको नतिजाले समुदायमा कोरोना नफैलिएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा करिब ४ हजार ८ सय जनाको नमूना संकलन गरिएकोमा शुक्रबार ३ जनामा मात्र कोरोना पुष्टि भएको छ। जसमध्ये दुईजना विदेशबाट आएका र एकजना व्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको मन्त्रालयका प्रवक्ता डा।गौतमले प्रष्ट पारे।

काठमाडौंलगायत ठूला सहरमा देखिने भीडभाडले कोरोनाको जोखिम बढाएको भन्दै स्वास्थ्यप्रति सचेत हुन मन्त्रालयले आग्रह गरेको छ। यस्तै शुक्रबार मात्र थप १०१ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । योसहित कूल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्