Logo

सुरक्षा गार्डको खुकुरी खोसेर गाउँपालिका अध्यक्षमाथि प्रहार



विराटनगर, ३ साउन । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि शुक्रबार बिहान खुकुरी प्रहार भएको छ । पटके करको विषयलाई लिएर विवाद हुँदा उनीमाथि ११स्४५ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको अलग अलग टोली परिचालन गरिएको थियो । ठकुरीले गाउँपालिका कार्यालयका सुरक्षा गार्डको खुकुरी खोसेर कार्कीमाथि प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केराबारी १० स्थित गाउँपालिकाको कार्यालयमा आइपुग्ने वित्तिकै सुरुमा चक्‍कु प्रहार गरेका ठकुरीले त्यसलगत्तै सुरक्षा गार्डको खुकुरी खोसेर हानेको प्रहरीले जनाएको छ । चक्‍कु उनले कहाँबाट ल्याएका थिए भन्ने खुल्न बाँकी छ । घटनामा प्रयोग गरिएको खुकुरी र चक्‍कु प्रहारीले नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहारबाट कार्कीको टाउकोमा दुई ठाउँ तथा हात र पेटमा चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्तपाल विराटनगर ल्याइएको छ ।

घटनामा संलग्न ठकुरीले २०७६÷०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्‍का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि सुरु भएको विवादका विषयलाई लिएर कार्कीमाथि खुकुरी प्रहार भएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्