Logo

कामदारले बिना जानकारी रानी पोखरीमा बोरिङको पानी हाली दिएपछि…



काठमाडौं, ३ साउन । पुनर्निर्माणको अन्तिम चरणमा पुगेको रानीपोखरीमा बोरिङको पानी हालेपछि विरोध भएको छ । पोखरीमा त्रिचन्द्र कलेजमा रहेको दुईवटा बोरिङबाट पानी हालेपछि सम्पदा संरक्षण अभियन्ताले आकासे पानी संकलण गरेर हाल्नुपर्ने बताउँदै विरोध गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संरक्षणको नाउँमा ऐतिहासिक सम्पदाको विनाश गर्न नमिल्ने अभियन्ताले बताउका छन् ।

तर, पुनर्निर्माण प्राधिकरण भने पोखरी निर्माणमा लागेका कामदारले बिना जानकारी बोरिङको पानी हालेको जनाएको छ । कामदरहरुले सोधपुछ बिना नै बोरिङको पानी राखेकाले उक्त फोहोर पानी बाहिर फालिरहेको प्राधिकरणले जनाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्